संसद् छलेर अध्यादेशबाट शासन गर्न खोज्नु गलत : हितराज पाण्डे

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेले यो सरकार अध्यादेशबाट शासन गर्न उद्यत रहेको बताएका छन् । संसद् अधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले समितिमा छलफल चलिरहेका विषयमा प्रक्रियाविपरीत अध्यादेश ल्याउनु गलत रहेको बताएका हुन् ।

छिटो शान्ति प्रक्रियाका कामलाई टुंगोमा पु¥याउने गरी काम गर्न पनि उनले सरकारसँग आग्रह गरे । जनताका जीविका र दैनिकीलाई सहज बनाउन महंगी र मूल्यवृद्धि रोक्न सरकारले ठोस काम नगरेको पनि उनले बताए ।