एजेन्सी । अमेरिकामा यात्रु विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किएका छन्। ६० यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग आकाशमै ठोक्किएको अन्तराष्ट्रिय समाचार रोयटर्सले जनाएको छ। यो घटना स्थानीय समयअनुसार बिहीबार राति ९ बजे भएको हो ।
अमेरिकाको रिगन वासिङटन नेशनल विमानस्थलनजिक पोटोम्याक नदीनजिक दुर्घटना भएको हो। वासिङटन पोस्टले धेरै मानिसहरूलाई नदीबाट बाहिर निकालिएको जनाएको छ। यद्यपि कतिजनाको मृत्यु भएको भन्ने खुलिसकेको छैन।
रोयटर्सका अनुसार अमेरिकन एयरलाइन्सले जहाजमा ६० जना यात्रु र चार जना चालकदलका सदस्य रहेको जनाएको छ। सेनाको हेलिकप्टरमा तीन जना सैनिक सवार रहको छ। घटनास्थलमा ठूलो संख्यामा प्रहरी, उद्धारकर्ता र एम्बुलेन्स परिचालन गरिएको छ।



























