हङकङमा टी-२० सिरिज खेल्नको लागि टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने टी-२० त्रिकोणात्मक सिरिज खेल्नको लागि टिम घोषणा गरेको छ ।

क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

नेपाली टिम
नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।