काठमाडौं। नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन बनाएको थियो ।
यो जितसंगै आयोजक मलेसियाले प्रतियोगिताको फाइनलमा युएईसँग खेल्ने छ । यससँगै युएई र मलेसिया २०२४ मै हुने महिला एशिया कपमा छनौट भएका छन् ।






























