यू-१९ विश्वकप : सुपर सिक्समा बंगलादेशसँग खेल्दै नेपाल

यू(१९ विश्वकपः सुपर सिक्समा आज बंगलादेशसँग खेल्दै नेपाल

काठमाडौं । यू(१९ विश्वकप क्रिकेटमा आज नेपालले बंगलादेशसँग खेल्दैछ।

नेपालले आज खेल्ने खेल सुपर सिक्सको पहिलो खेल हो। खेल दक्षिण अफ्रिकामा दिउँसो पौने २ बजे देखि सुरू हुनेछ।

समूह चरणका तीन खेलमा १ खेल जितेर समूहको तेस्रो स्थान कायम गर्दै नेपालले सुपर सिक्समा स्थान बनाएको हो।

बंगलादेश समूह ‘ए’को उपविजेता हो। उसले समूह चरणमा अमेरिका र आयरल्याण्डलाई पराजित गरेको थियो।