Hotel Panchthar Nepco Media

यू-१९ विश्वकप क्रिकेट : अफगानिस्तानसँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज समूह चरणको तेस्रो तथा अन्तिम खेल खेल्दैछ। यसअघिका २ खेलमा हार बेहोरेपछि जित्नै पर्ने दबाबमा रहेको नेपालले अफगानिस्तानको सामना गर्न लागेको हो।

नेपाल र अफगानिस्तानको खेल नेपाली समयानुसार दिउँसो १स्४५ बजेदेखि सुरु हुनेछ। नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ।

आजको खेलमा अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा पुग्नेछ। सुपर सिक्समा पुग्दा नेपालले समूह ‘डी’का न्यूजिल्याण्ड र पाकिस्तानका साथै समूह ‘ए’का शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्न पाउनेछ।