महिला टी-२० सिरिज : जापानसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । चार देशीय महिला टी-२० सिरिज अन्तर्गत तेस्रो स्थानका लागि नेपालले जापानविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

टस जितेर नेपालले जापानविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको हो । समूह चरणको अन्तिम खेलमा शनिबार जापानमाथि ६७ रनको जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।

शनिबार नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रनमै अलआउट भएको थियो ।

चार देशीय सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो भने बिहीबार भएको दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो।

महिला टी-२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्।