Hotel Panchthar Nepco Media

सन्दीपले लगातार दुई बलमा लिए दुई विकेट

काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सन्दीपले दुई बलमा दुई विकेट लिएका छन्।

ओमानले १३ ओभरमा ९६ रन बनाएको छ भने ६ विकेट गुमाएको छ।टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ओमानका ब्याट्सम्यानलाई दबाबमा राखेका छन्।

नेपालका लागि हालसम्म करण केसी एक विकेट, सोमपाल कामीले दुई र गुलशन झा एक र सन्दीपले दुई विकेट लिएका हुन्। यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।

आज हुने समूह एको अन्तिम खेलमा समूह मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो। आजै यूएई र हङकङ तथा बहराइन र कुवेत पनि आमनेसामने हुँदै छन्।