काठमाडौं । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ ।
खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । यसअघि गत आइतबार भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।
नेपालका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले आजको खेल खेल्ने सम्भावना छैन । आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल आजको खेलमा फिट नभएको बताइएको छ ।
एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ ।
नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स ९युएई० र स्कटल्यान्ड छन् ।
सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन् ।
सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउनेछन्