काठमाडौं । अध्ययनको सिलसिलामा अमेरिका पुगेकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो।
स्थानीय सञ्चार माध्यमका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । घटना र अभियुक्तबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डे गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो। मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।