१ किलो सुनसहित विमानस्थलबाट विदेशी महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक केजी सुनसहित एक विदेशी महिलालाई पक्राउ गरिएको छ ।

दुबईबाट आएकी श्रृलंकाकी कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो ब्रा र अन्डरवयरमा लुकाएर सुन ल्याएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ ।