नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतकाे आदेश कस्तो आउला ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ ।

बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेसँगै यस मुद्दामा शुक्रबार आदेश सुनाउने उच्च अदालतको तयारी छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगिको आरोपमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए ।

उनीहरुले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्द उच्च अदालतमा पुनरावेदन गरेका थिए ।