रेशम चौधरीको कैद मिनाहा विरुद्धको अन्तिम सुनुवाइ हुदै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ ।

रेशमको कैद माफी मिनाहा दिने निर्णय गलत रहेको दाबी गर्दै टीकापुर हत्या काण्डमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायत बोहराले हालेको रिट निवेदनमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

१५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमको जन्मकैदको सजाय माफी मिनाहा गरेका थिए ।