सुन प्रकरणमा पक्राउ परेकी रूक्मिना हाजिर जमानीमा छुटिन्

काठमाडौं । सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा बिहीबार हाजिर जमानीमा छुटेकी छन्।

घाँटीको क्यान्सरकी बिरामी सुब्बालाई उपचार निम्ति हाजिर जमानीमा छाडिएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ। उनलाई बुवा र श्रीमानको जिम्मामा छाडिएको हो।

यो प्रकरणमा अहिलेसम्म १८ जनालाई पक्राउ गरिएको थियो। तीमध्ये सुब्बा छुटेकी हुन्।