काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार निरन्तर लागिरहेको बताएका छन् ।
बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।