Hotel Panchthar Nepco Media

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।

संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको छ ।

बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहित विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।