पोखरा। पोखरामा हुँदै आएको नेपाल लिटरेचर फेस्टिभललाई सहयोग गर्दै आएको नेपाल डिस्टिलरीले फ्रेन्ड्स अफ फेस्टिभल नामक सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलेब्रिटी र राजनीतिक व्यक्तित्वहरूलाई सन् २०१६ देखि पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तर्संवाद गर्दै आएको कम्पनीले जनाएको छ ।
संगीतमा जुनसुकै उमेर, जाति, राष्ट्रियता वा स्वभावका श्रोतालाई भावनात्मक रूपमा उत्प्रेरित गर्ने शक्ति हुनुका साथै जटिल भावनाहरू अभिव्यक्त गरी मानिसलाई तरंगित बनाउने सामथ्र्य राख्ने निष्कर्षसहित सांगीतिक कार्यक्रम गर्न लागेको कम्पनीले जनाएको छ ।