काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था देखि सामान्यतया सफा रहेको, र तराईका थोरै स्थानमा हुस्सुरकुहिरो लागेको छ ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।