रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा जीप दुर्घटना भएको छ ।

लु१ज २२९७ नम्बरको जीप चौरजहारीबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा जीप दुर्घटना हुँदा २२ जना घाइते हुनुभएको छ ।

घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि लगिएको रुकुम प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।