Hotel Panchthar Nepco Media

आँखा पाक्ने रोगीलाई प्रशासन आउन रोक

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले आँखा पाक्ने समस्या भएका व्यक्तिलाई कार्यालयमा नआउन सूचना जारी गरेको छ ।

आँखा पाक्ने रोग फैलँदै गए पछि प्रशासन कार्यालयले आँखा पाक्ने रोग लागेको समयमा आफु र अन्य व्यक्तिलाई पनि सजिलै सर्ने र सोही समय नागरिकता, राहदानी लगायतका सेवा लिन आउँदा अन्य व्यक्तिलाईसमेत डर हुने भएकाले रोग निको नभएसम्म सेवा लिन नआउन अनुरोध गरेको हो ।

प्रशासनले जिल्लाका स्थानीय तहहरूलाईसमेत सूचना गर्न भनेको छ ।