मन्थली । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताएका छन् ।
जिल्ला समन्वय समिति रामेछापले शनिवार आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासन कायम गर्नका लागि भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताएका हुन्।
उनले भने,’मुलुकमा सामाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो सर्त भएकाले सरकार अहिले मुलुकमा सुशासन कायम गर्न लागेको छ ।’
अहिले संविधान कार्यान्वयनको पक्षमा सरकार रहेकाले सामाजिक, आर्थिक परिवर्तन गर्नुपर्ने अवस्था रहेको पनि गृहमन्त्री श्रेष्ठ बताए । उनले भने, ‘म जे बोल्छु त्यो गर्छु त्यसैले गर्न नसक्ने काम म बोल्दिनँ । अरूजस्तो गर्न नसक्ने काम बोलेर भाग्ने काम पनि गर्दिनँ ।’