काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको आरोप लगाएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ज्वालाको चरम लापरबाहीको कारण घटना भएको बताएका हुन् । लापरबाही गर्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने थापाले बताए ।