Hotel Panchthar Nepco Media

जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने अभियानमा छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा रहेको बताएका छन् ।

नवौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको पनि उनले बताए ।

संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले शहीदहरुले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उनीहरुले देखेको समृद्ध नेपालको सपनालाई साकार पार्न संविधान दिवसको अवसरमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।