काठमाडौं । नेकपा (माओवदी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनाम मागेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत जोडिएको प्रश्न उठेपछि राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नु पर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि पत्रकारहरूसँग बोल्दै पार्टीका प्रवक्ता अग्नी सापकोटाले प्रश्न उठेको र सम्बन्धित निकायले छानबिन समेत सुरू गरिसकेका कारण राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ भन्ने निष्कर्ष पार्टीको बैठकले निकालेको बताए।