काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई टिकट लिदा भाडा धेरै लिएको पाइएमा उजुरी गर्न आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय हवाई टिकट लिदा अस्वाभाविक भाडा उठाउन थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
केही समययता हवाई भाडा अत्याधिक महँगो भएपछि विरोध भइरहेका थियो ।
उच्च दरको हवाई टिकट खरिद बिक्री गरेको विषयमा कुनै गुनासो भएमा हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिल र भौचर लगायतका अन्य प्रमाण सहित उजुरी गर्नु होला,ु मन्त्रालयले निकालेको सूचनामा भनिएको छ।
यात्रुहरू मारमा परेको भन्ने गुनासोहरू आएको भन्दै मन्त्रालयले एक अध्ययन कार्यदल समेत गठन गरेको छ।