काठमाडौं । नेपाली कांग्रेसले चीनसँग ऋण नलिने र अनुदानकै प्रतिवद्धता कार्यान्वयनमा जानुपर्ने जनाएको छ ।
नेपाली कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफलपछि प्रवक्ता डा प्रकाशशरण महतले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म नयाँ ऋण लिन नहुने बताएका हुन्।
‘बीआरआईका विषयमा कांग्रेस दोधारे भएको होइन, अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो’, पत्रकारसँगको कुराकानीमा उनले भने, ‘अबचाहिँ कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौं भने कनेक्टिभिटीको कुरा आउँदा सुरुमा सडकमा अनुदान सहयोग लिनुप¥यो, अनुदानमै धेरै प्रतिवद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन भएको छैन। त्यसलाई कार्यान्वयन गर्नुप¥यो।’
चिनियाँ सरकारसँग बीआरआईअन्तर्गतकै अनुदान कार्यान्वयन गर्ने तर, तत्काल ऋण लिन नहुने डा. महतले बताए।