Hotel Panchthar Nepco Media

धरहरा कहिलेसम्म नि:शुल्क चढ्न पाइन्छ ?

काठमाडौं । संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा खुला गरिएको छ । शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा धरहरा खुला गरेको हो ।

धरहरा चढ्नका लागि बिहीबार बिहानदेखि नै सर्वसाधारणको बाक्लो भिडभाड लागेको छ । एक दिनमा ६०० जनासम्मले धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ । केही दिनका लागि निःशुल्क चढन पाइने व्यवस्था गरिने भएको छ । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म सर्वसाधारणलाई निःशुल्क गरिएको हो ।