Hotel Panchthar Nepco Media

अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पसको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पसको ८औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले भुमिराज अधिकारीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति  चयन गरेको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष ईन्द्र भुषालको प्रमुख आतिथ्यमा बानेश्वर बहुमुखी क्याम्पस ८औं सम्मेलनको उद्घाटन समारोहका विच सम्पन्न भएको हो । क्याम्पस अध्यक्षमा दुई जनाको दावी गरेका थिए । अन्तिममा सर्वसहमतिले अधिकारी चुनिएका हुन् ।

जसमा बरिस्ठ उपाध्यक्ष पेरिसराज गिरी, उपाध्यक्ष उमेश गिरी, रविन रिजाल, सचिव संखर बहादुर सार्की, सहसचिव स्मृति कार्की, आयुस सिंह ठकुरी, विनोद लामिछाने र कोषाध्यक्ष सिर्जना ठकुल्ला रहेका छन् ।

सम्मेलनका प्रमुख अतिथि संगठनका केन्द्रीय उपाध्यक्ष भुषालले सम्मेलनलाई सम्वोधन गर्दै विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशालाई विकसित गर्ने बताए । अबको नेपाली विद्यार्थी आन्दोलनलाई स्वास्थ्य, शिक्षा र रोजगारीलाई कार्यान्वयन गर्नका निम्ति अबको विद्यार्थी आन्दोलन लाग्न पर्ने उनले बताए । प्रमुख अतिथि भुषालले अखिल क्रान्तिकारीले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी समेत गर्ने दावी गरे ।

त्यस्तै, केन्द्रीय उप महासचिव प्रशुन कार्कीले शिक्षा क्षेत्रमा रहेका शिक्षाको संरचना कस्तो हुने,सामाजिक संरचना कस्तो हुने भन्ने मुख्य दृष्टिकोण रहेको बताए। बानेश्वर बहुमुखी क्याम्पसले शिक्षा क्षेत्रमा हुने रूपान्तरको निम्ति मुख्य महत्त्वपूर्ण भुमिका रहनुपर्ने बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सचिव श्याम रोक्काले शैक्षिक माफियाहरूको जालोलाई तोड्न क्रान्तिकारी बिद्यार्थीहरू एक हुन पर्ने बताए । सम्मेलनको उद्घाटन सत्रलाई केन्द्रीय उपाध्यक्ष,सचिव, सदस्य पुर्व क्याम्पस अध्यक्षलगायतका नेताहरुले सम्बोधन गरेका थिए।

क्याम्पस सम्मेलनमा केशव रावल, प्रशुन कार्की, श्याम रोक्का, मदन लिम्बू,रविन बस्नेत, नविन शाही, बिनु खड्का, सन्दिप लुईटेललगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।