रौतहट। माछा भात खाएर फुड पोइजन हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
फुड पोइजनबाट स्थानीय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीन जना नाबालक छोराछोरीको मृत्यु भएको बारा प्रहरीले बताउनुभएको छ ।
आइतबार राति नरेश राम चमारको छोरीहरू ९ वर्षीया लालिमा राम,७ वर्षीया पुष्पा राम तथा ५ वर्षीय छोरा कृष्णनन्दन राम माछाभात खाएर सुतेका थिए ।
केही समयपछि तीनैजना बालबालिकाको स्वास्थ्य अवस्था बिग्रेपछि स्थानीय स्तरमा सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको छिमेकीले बतए।
घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।