बानेश्वरमा गुडिरहेको बसबाट निस्कियो धुँवाको मुस्लो

काठमाडौं। काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एउटा बसबाट धुँवाको मुस्लो निस्किँएको छ। ।

बानेश्वर चोकनजिकै सडकमा गुडिरहेको बसमा अचानक धुँवाको मुस्लो निस्किएको हो ।

भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा पुग्दा घटना भएको हो । बुधबार बिहान धुँवाको मुस्लो देखिएपछि बस रोकेर सबै यात्रु झारिएको थियो ।