काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसद्मा लैजाने बताएका छन् ।
मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका उनले प्रहरी सम्बन्धी कानुनको संशोधन प्राथमिकतामा रहेको बताए ।
प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउन प्रहरी ऐनमा संशोधन आवश्यक रहेको उनले बताए । ।
गृहमन्त्री लेखकले सबै कानुन समसामयिक रूपमा परिमार्जन, संशोधन र पुनरवलोकन गर्न आवश्यक रहेको जनाए ।






























