पाँचथर। अज्ञात समुहको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ । कुटपिटबाट तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका दिनेश कुमार राईको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता ९धामी(झाँक्री० हेर्न गएका दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए ।
घाइते भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो । उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाइएको छ ।