Hotel Panchthar Nepco Media

कोशीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

बुधवार राति सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते शुक्रबार अपराह्न ५स्०० बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा आह्वान गरिएको छ ।

सरकारको बहिर्गमनको स्पष्ट व्यवस्था नहुँदा मुख्यमन्त्री कार्कीले २ वर्षसम्म आफू नेतृत्वको सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै विश्वासको मत नलिने र राजीनामा पनि नगर्ने अडान लिदै आएका थिए ।