काठमाडौं । नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को पहिलो संस्करणको ग्राण्ड फिनालेमा पत्रकार उमेश बिकलाई राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा एक समारोहकाबीच पत्रकार बिकलाई राष्ट्रिय पत्रकारिताद्वारा सम्मान गरिएको हो ।
‘नेपाली गीत, संगीत कर्मीहरुको सम्मान संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नाराकासाथ कला क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापित अवार्ड नेप्को इन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक आयोजना गरेको हो । अर्वाड वितरण कार्यक्रममा विभिन्न विधामा कलाकारलाई अवार्ड प्रदान गरिएको थियो भने,श्रष्टा,नारी उद्यमी,व्यवसायी,आईटी,पत्रकार तथा बिशिस्ट व्यक्तित्वलाई राष्ट्रिय सम्मान गरिएको थियो ।
अर्वाड वितरण कार्यक्रममा नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका उपाध्यक्ष होम गैरे, संगीतकार संघ नेपालका महासचिव बसन्त सापकोटा, नेपा उद्योग बाणिज्य संघका उपाध्यक्ष हेमराज ढकाल, कमला श्रेष्ठ, शिव घिमिरे, अरनिकाराज भण्डारी, कलाकार, पत्रकार, समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिलगायतको बाक्लो उपस्थिति थियो ।