काठमाडौं । लोकप्रिय अभिनेत्री रेखा थापाले अमेरिकामा छोरी जन्माएकी छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा छोरीसहितको फोटो सार्वजनिक गर्दै उनले आमा भएको जानकारी गराएकी हुन्।
उनले आफ्नो पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छन्। ‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ,’ सामाजिक सन्जाल फेसबुकमा उनले यस्तो लेखेकी छन्।
थापाले आफ्नी छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्।