काठमाडौं । सल्यान जिल्ला त्रिवेणी गाउँपालिका-५ मा रहेको श्री सरस्वती माध्यामिक विद्यालयले आफ्नो ४७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ।
बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष ज्ञान बहादुर भण्डरीको अध्यक्षतामा भएको कार्यक्रम त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको प्रमुख आतिथ्य रहेको कार्यक्रम संचालन शिक्षक रोमहर्ष रेग्मीले गरेका थिए । सोही स्कुलका शिक्षक मोहन वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सिलन्यास उद्घाटन त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले गर्नुभएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक बल बहादुर कुवरले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेर कार्यक्रममा वडा अध्यक्ष बिमल रावतको मन्तब्य राखेका थिए । बिगत स्कुलका दुखद दिन समझना गरेका थिए। रावत सोही स्कुलका पुर्ब विद्यार्थी समेत भएकोले यस बिद्यालयलाई कसरी नमुना विद्यालय बनाउने भनेर मुख्य योजनाका साथ अगाडी बढेका छन ।
श्री सरस्वती माध्यामिक विद्यालयबाट बिगतका दिनहरुमा ८ पास गरी सकेपछि माद्यामिक तहको पढाईको लागी घरबाट करिब १५ किलो मिटर पार गरेर दैनिक पठन-पाठनको लागि भोको पेटले लामो पैदल यात्रा गर्नु पर्ने बाध्यता, बिहानको ७ बजि जादा र घरमा फर्किदा बेलुका ७ बज्ने हुन्थ्यो । यहि समस्या समाधान गरेर पालिकाकै नमुना बनाउन आफु अहोरात्र खटिएको वडाध्यक्ष बिमलले बताए।साथी बन उपभोक्त समूह,आमा समुह, स्थानीय बासी,पुर्व अध्यक्ष डिल्ली बोहोरा , शिक्षक , विद्यार्थी हरुको सल्लाह सुझाब सहित सहयोग गरेको बताए । बिद्यालयमा आफ्नो अनुगमन र बिधालय शैक्षिक सुधार कार्यक्रम खेलकुद सामाग्री बितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अथिती गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले विद्यालयको प्रगतिको कामना र शिक्षाको पठन पाठनलाई सबै मिलेर शिक्षित त्रिवेणी बनाउनमा लागी पर्ने बताए । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, शिक्षक, अभिभावक, बिद्यार्थीलगायतको उपस्थितिमा कार्यक्रम भब्यताका साथ सम्पन्न भएकाे उक्त बिद्यालयका शिक्षकले बताए ।







































