विदेशमा साथीको हत्या गरी फरार व्यक्ति पक्राउ

काठमाडौं । मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन्।

साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिल कुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

परेका साहविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने प्रवक्ता कडायतले बताए ।