विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ ।
विराटनगर महानगरपालिका-८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो ।
गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएका छन्।