काठमाडौं । आजबाट नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ ।
नेपालीहरुको पर्व दशैँ, तिहार र छठलाई लक्षित गरेर आज देखी नयाँ नोट साटन पाइने भएको हो ।
जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्ब साधारणलाइ दिदैँछ ।
जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुबिधा दिएको हाे ।
उता, काठमाण्डौ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी ब्यबस्था मिलाएकाे छ ।
यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैकले जनाएकाे छ ।
प्रति ब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।