Hotel Panchthar Nepco Media

जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को

बाँके। रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको छ ।

नेपालगन्जस्थित जमुनाहनाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको लर्को लाग्ने गरेको हो ।

दैनिक दुई हजारदेखि पचिस सय जनासम्म भारतमा काम गर्ने नेपालीहरु जमुनाहनाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको जमुनाह इलाका प्रहरी कार्यालयले जनाएको ।