काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण भएको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।
लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल आज बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो ।
उद्घाटनको दिन साे सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म ‘नाङ्गो गाउँ’ र झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ लाग्नेछ ।