काठमाडौं । सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ ।
निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने जनाईएको छ ।