Hotel Panchthar Nepco Media

जनैपूणिर्मा मनाउनु धर्म हैन सिस्टम हो : अम्मर आर्य

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाएको छ।

नेपाल आर्य समाजको केन्द्रीय कार्यलयमा एक कार्यक्रम गरि डा.माधव प्रसाद उपाध्यायको हातबाट जनै फेर्दै रक्षाबन्धन बाँधेर प्रजातान्त्रिक उत्पीडन उत्थान संगठनले जनैपूणिर्मा मनाएको हो ।

आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि बिहानै ब्राह्मण पुरोहित पुजारीहरू सहित रक्षाबन्धन बाधेर जनैपूणिर्मा मनाएको उत्पीडन उत्थान संगठनका संयोजक अम्मर परियार आर्यले बताए ।

`श्रावणी उपाकर्म, ऋषितर्पण एवं रक्षाबन्धनका अवसरमा यज्ञोपवीत धारण, यज्ञाहुति, रक्षासूत्र ग्रहणार्थ सपरिवार हार्दिकताका साथ यो पर्व मनाइएका हौं´ उनले भने ।

यो पर्व मनाउनु भनेको धर्म नभएर सिस्टम भएको आर्यले बताए।

उक्त कार्यक्रममा करिब ७० जना सहभागी भएका थिए । उनीहरूलाई प्रसाद तथा फलफूलको व्यवस्थापन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले गरेको संयोजक आर्यले बताए । संगठनको तर्फबाट नगद रू ४ हजार समेत कार्यक्रममा डा.उपाध्यायमार्फत संयोजक आर्यले हस्तान्तरण गरे ।

कार्यक्रममा जेष्ठनागरिक, डा.माधव प्रसाद उपाध्याय, सामाजिक अभियान्ता निर्मला परियार,राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका संयोजक अम्मर आर्य संगठन सदस्यीय सचिव शंखर परियारलगायतको उपस्थित रहेको थियो ।