Hotel Panchthar Nepco Media

आफ्नो संलग्नतामा ‘मास्टरप्लान’ अघि बढाएको हुँ : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफुले बालुवाटार बिस्तारको ‘मास्टर प्लान’ अघि बढाएको स्वीकार गरेका छन् ।

ललिता निवास प्रकरणमा साउन २१ गते सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. बाबुराम भट्टराईलाई अनुसन्धानको दायरमा ल्याउन न्यायाधीश अनिलकुमार सिन्हा र डा कुमार चुडालको इजलासले आदेश दिएको थियो।

आदेश लगत्तै स्विजरल्याण्ड पुगेका नेपालले आफले असल मनसायले बालुवाटार विस्तारको ‘मास्टर प्लान’लाई अघि बढाएको भन्दै ललिता निवास प्रकरणमा आफन्नो संलग्नता स्वीकार गरेका हुन् । यस अघि उनले आफ्नो संलग्नता नभएको भन्दै ढाँड्दै आइरहेका थिए ।

सर्वोच्च अदालतको आदेशबारे नेपालसँग स्विजरल्याण्डमा मदन पोखरेलले गरेको कुराकानीमा उनले आफूले केही नबिराएको बताएका हुन्।

पोखरेलले ट्विट गरेको भिडिओमा नेपालले भनेका छन्, ‘नबिराउनुरनडराउनु। मैले कुनै बिराएको छैन, बदमासी गरेको छैन, भ्रष्टाचार गरेको छैन। मैले नितान्त असल मनसायले बालुवाटर विस्तारको मास्टरप्लानको अघि बढाउने पक्षमा गरेको हुँ।’

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसहित भीभीआईपीमाथि अनुसन्धान हुनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ०७६ माघ २९ मा असाधारण क्षेत्राधिकारअन्तर्गत सर्वोच्चमा रिट दायर गरेका थिए।