काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् ।
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।
दुई साताअघि तामाङ,मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाण्डेको बयान जारी छ । पाण्डेले एक टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा तामाङ, मुस्लिम, मगरलगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।