Hotel Panchthar Nepco Media

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै छ ।

पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको सङ्कल्प’ नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न उक्त बैठक बस्न लागेको हो ।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिवस कसरी मनाउने भन्नेबारे बैठकमा छलफल हुनेछ ।

रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद भएपछि त्यसलाई टुङ्गो लगाएर असार ७ गते औपचारिक रूपमा सार्वजनिक गर्ने योजनासहित बैठक बस्न लागेको हो ।