काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार मालदह आँप ७०, भारतीय लुच्ची २५०, लोकल लुच्ची १२०, खुर्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २३०, छ्यापी सुकेको १२० मा कारोबार भइरहेको छ ।
लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००, भारतीय गोलभेँडा ठुलो ४०, टनेल गोलभेँडा सानो ६, लौका ५०मटर कोसा प्रतिकेजी मूल्य १५०, घिउ सिमी राजमा ९०, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी मूल्य ४०, आलु रातो ४० कायम भई कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ७०, गुन्द्रुक २५०, ब्रोकाउली ७०, कागती १५० रुपैयाँ, चमसूरको साग १००, न्युरो ७० रुपैयाँ, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, , ताजा माछा(मुंगरी) ३२०,अनार ३८० रुपैयाँ, किवी ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १८० रुपैयाँ,रहु माछा ३१० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।