Hotel Panchthar Nepco Media

१८ जना उपसचिवकाे सरुवा

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवको सरुवा गरेको छ।

अतिरिक्तमा रहेका १८ जना उपसचिवमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ।

अन्य उपसचिवको जिल्लास्थित जिल्ला समन्वय समितिमा सरुवा गरिएको छ।

मन्त्री अमनलाल मोदीले नियमित र बढुवा प्रक्रियामा आएका शाखा अधिकृत र उपसचिवलाई अनिवार्य रूपमा स्थानीय तहमा खटाउँदै आएका छन्।