- एजेन्सी । फिलिपिन्समा ज्वालामुखी विस्फोटले आपतकालिन घोषणा गर्दै हजारौँलाई अन्यत्र सारिएको छ ।
फिलिपिन्सको उत्तर पूर्वी अल्बे प्रान्तमा रहेको मेयोन ज्वालामुखी क्रेटरबाट ६ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो ।
अधिकारीहरूका अनुसार आउने ज्वालामुखी विस्फोट पछि हुने धुलोको मुस्लोले मानिसहरूलाई खतरा निम्त्याउन सक्ने भएकाले खतरा क्षेत्रबाट थप हजारौँ मानिसलाई स्थायी रूपमा बाहिर निकाल्नु पर्ने हुन सक्ने प्रहरी अधिकारीहरूले जनाएका छन् ।
टाइफून गुचोल क्षेत्रबाट धुलोको आँधी प्रशान्त महासागरबाट फिलिपिन्सतर्फ बढिरहेको उल्लेख गर्दै मेयोनको ढलान नजिक बस्नेहरूका लागि नराम्रो खबर हुन सक्ने भन्दै पूर्वसूचित गरिएको छ ।
ज्वालामुखीको परिधिमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेर शिविरमा पठाइएको थियो ।
गत शुक्रवार नै आपतकालिन अवस्था घोषणा गरेर उनीहरूलाई बाहिर निकालिएको हो । जसका कारण, विनाशकारी विस्फोटको घटनामा आपत्कालीन कोषको द्रुत वितरणलाई सहज बनाउन सकियोस् भनेर सो कदम चालिएको थियो ।