Hotel Panchthar Nepco Media

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

कोशी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ।

महाशाखले देशभरको तापक्रम तत्काल घट्ने सम्भावना नरहेको बताएको छ। बिहीबार देशका ६ स्थानको तापक्रम ४० डिग्रीभन्दा बढी मापन भएको थियो।

सबैभन्दा बढी सिमरामा ४२‍.६ डिग्री सेल्सियस पुगेको थियो।

अझै तीन दिन तापक्रम नघट्ने महाशाखाको अनुमान छ। तापक्रम बढ्दा तातो हावा चल्ने र लु लाग्ने सम्भावना भएकाले तापक्रम बढेका क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले बताएको छ।